शुक्रबार, जेष्ठ ४, २०८१

बाढीपीडितका लागि महिला जेसीजको सहयोग

  
कर्णाली टाइम्स शनिबार, चैत्र २९, २०७६


सुर्खेत ।
कोरोना संक्रमण रोक्न भइरहेको लकडाउनका कारण खाद्य संटक भोगिरहेका सुर्खेतका बाढीपीडितहरुका लागि सुर्खेत महिला जेसीजले आर्थिक सहयोग गरेको छ । बाढीपीडितहरुका लागि खाद्यान्न संकलन गरेर वितरण गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायलाई सुर्खेत महिला जेसीजले खाद्यान्न सहयोग गरेको हो ।
शनिबार सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी प्रमी शाक्य र उपाध्यक्ष जेसी सीता भण्डारीले जेसीज पदाधिकारी तथा सदस्यहरुबाट संकलन भएको सहयोग रकम उपाध्यायलाई हस्तान्त्ररण गरेका हुन् ।
सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी प्रमी शाक्य, पूर्व अध्यक्ष शिया प्रधान कार्की, ज्योति कार्की पौडेल, सुष्मा गिरी, पदाधिकारीहरु मिना गुरुङ, अनु गुरुङ, पवित्रा गुरुङ, लक्ष्मी गुरुङ, बृन्दा थापा, मनिषा कौशल, निरन्जना बस्नेत, सीता भण्डारी, रञ्जु बुढाले व्यक्तिगतरुपमा संकलन गरेको रकम बाढीपीडितहरुका लागि उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।