बुधबार, माघ ९, २०८१

भारतबाट आएका युवकको क्वारेन्टाइनमा मृत्यु, पीसीआरको रिपोर्ट पछि मात्र मृत्युको कारण खुल्ने

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १७, २०७७

जगतदल जनाला विक

सुर्खेत । दैलेखको दुल्लु नगरपालिकामा -११ का युवकको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको छ । दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका ३५ वर्षिय त्यी युवा जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।

जेठ १५ गते युवाको कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज (शनिबार) आएपछि मात्र मृत्युको कारण खुल्ने दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
मृतक युवासहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखेको नगरप्रमुख  भण्डारीले बताए ।
कोरोना परीक्षणका लागि उनीसहित आठ सय जनाको स्वाब संकलन गरेर बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाइएको थियो ।