शुक्रबार, फागुन ११, २०८०

कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो

  
जगतदल जनाला विक आइतवार, जेष्ठ १८, २०७७

सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ जना पुगेको छ । भारतबाट आउने नागरिकको संख्या बढेसँगै कर्णालीमा पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
आइतबार (आज ) बिहान कर्णालीमा थप १८ जनामा संक्रमणको पुष्टी भएको सामाजिक विकास मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ थप भएका संक्रमितहरु कालिकोट शुभकालिका गाउँपालिकाका५ का १९ बर्षका पुरुष तथा दैलेख नारायण नपा ३ का १९, १९, २९, ४८ बर्षका पुरुष त्यस्तै वडा नं ५ का १८ २४ २५ ४८ र ३५ बर्षका पुरुष, देवकाँडा ४ का १८ २० २० २२ २२ बर्षका पुरुष, सिमडा ८ का २६ बर्षका पुरुष, रातापानी ४ का ३८ बर्षका पुरुष र उनका साडु ९ का २२ बर्षका पुरुष रहेको बताइएको छ ।

समाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।