कर्णाली टाइम्स
सोमवार, जेष्ठ १९, २०७७
सुर्खेत । लायन्स क्लव सुर्खेत भ्याली र नेपाल रेडक्रस सोसाइटी उपशाखा वीरेन्द्रनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् ।
लकडाउनका कारण बाहिरबाट रगत आउन नपाएर प्रदेश अस्पताल लगायतका स्वास्थ्य संस्थामा रगतको अभाव भएपछि लाइसन्स क्लव र रेडक्रसको संयुक्त आयोजनामा ३० पोइन्ट रगत जम्मा गरि रेडक्रसलाई बुझाएको लायन्स क्लव सुर्खेत भ्याली शाखाकी अध्यक्ष सुष्मा गिरीले जानकारी दिइन् । अध्यक्ष गिरीले रगतको अभाव हुन नदिनका लागि लायन्स क्लवले अगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरिने बताइन् ।
नेपाल रेडक्रस सोसाइटी कालागाउँ सुर्खेतको प्राविधिक सहयोग र कर्णालीका सबै लायन्स क्लवको सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।