जगतदल जनाला विक
मंगलबार, असार २, २०७७
सुर्खेत। कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । मंंगलबार सुर्खेतका ४ जना र दैलेखका ५ जना गरी जम्मा नयाँ संक्रमित संख्या ९ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या १०८६ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने ९ जना मध्ये सुर्खेत भेरीगंगा नगरपालिकाका २ जना, गुर्भाकाेट नरपालिकाका २ जना रहेका छन् । यस्तै दैलेेखको दुुुुुल्लु नगरपालिकाका ५ जनामा काेेेेराेेना पुुुष्टी भएकाे हाे । ९ जनाकै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गरिएको हो ।
कर्णाालीमा हालसम्म काेेेभिड १९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ
यस्ताे छ जिल्लागत विवरण