बुधबार, बैशाख ५, २०८१

पञ्चपुरीमा फोरजी सेवा सुरु

  
कर्णाली टाइम्स मंगलबार, साउन १३, २०७७


सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिकाको बाबियाचौर र विद्यापुरमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ ।
यी दुई ठाउँमा मंगलबार देखि फोरजी सेवा सुरु गरिएको हो ।

विशेषगरी जिल्लाका सदरमुकाममा र आसपासका क्षेत्रमा मात्र फोरजी सेवा दिइरहेको टेलिकमले पश्चिम सुर्खेतमा पहिलो पटक सेवा विस्तार गरेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पश्चिम सुर्खेतमा नेटवर्क अपग्रेड तथा गुणस्तरीय सेवा प्रदान गर्नका टेलिकमलाई अनुरोध समेत गरेका थिए ।

उनले यी दुई सहित पोखरीकाँडा, छाप्रे, सालकोट, डाडाकाना, वेतान, लगाम, तल्लो बिजु, राग, कालावन, पल्लो राग, तिखाकुना क्षेत्रका टावरबाट सेवा अपग्रेड गर्न पत्रमार्फत टेलिकमको केन्द्रीय कार्यालयमा अनुरोध गरेका थिए । फोरजी सेवा विस्तार गरेकोमा धन्यवाद दिँदै राज्यमन्त्री रावतले आगामी दिनमा बाँकी रहेका क्षेत्रमा पनि सेवा विस्तारका लागि पहल जारी रहने बताए ।

फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार गर्न सजिलो हुने इन्जिनियर विराज काफ्लेले जानकारी दिए । सेवा सुरु गर्न गएका इन्जिनियर काफ्लेले विद्युत सेवा नभकाएले सोलारबाट फोरजी सेवा सुरु गरिएकोले लगातार घाम नलाग्दा भने केही असज हुनसक्ने बताए ।

फोरजी सेवाले सूचना प्रविधी मार्फत शिक्षण लगायतमा सहज हुने पञ्चपुरी नगरपालिका –५ का अध्यक्ष होमबहादुर रामजालीले बताए । स्थानीयवासीसमेत रहेका स्वास्थ्य राज्यमन्त्रीका सचिवालय सदस्य तपेन्द्र विसीले कोभिड–१९ र लकडाउनका बेला विद्यालय बन्दा हुँदा विद्यार्र्थीहरु शिक्षाबाट बञ्चित भएको र अव भने सहज हुने बताउँछन् ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने छ ।