बुधबार, बैशाख ५, २०८१

असार १० देखि कर्णालीमा चलचित्र कार्यशाला हुँदै

  
कर्णाली टाइम्स बुधबार, असार १, २०७९


सुर्खेत। कर्णालीमा असार १० गतेदेखि चलचित्र कार्यशाला गर्न लागिएको छ। असार १० देखि १७ गतेसम्म चलचित्र कार्यशाला गर्न लागिएको हो। कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा हुनेछ।
चलचित्र बोर्डको सहयोगमा केबी ईन्टरटेन्मेन्ट ग्रुप प्रालिले आयोजना गरेको कार्यशालामा चलचित्र निर्माण, निर्देशन, स्क्रिप्ट लेखन, छायाँकंनबारे सिकाईने आयोजना संस्था केबी ईन्टरटेनमेन्टका अध्यक्ष भूपेन्द्रकुमार खड्काले बताए।
उनका अनुसार कर्णाली प्रदेशका प्रत्येक जिल्लाबाट २ जनालाई कार्यशालामा सहभागी गराईनेछ। कार्यशालामा सहभागी हुनका लागि २ हजार ५०० रुपैयाँ शुल्क लाग्ने छ।
कार्यशालामा शिबम् अधिकारी, दयाराम दाहाल, नीर शाहलगायत लगायतका फिल्म निर्माता तथा कलाकारहरु प्रशिक्षकका रुपमा सहभागी हुने खड्काले जानकारी दिए।
कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन, दक्ष चलचित्रकर्मी उत्पादनमा कार्यशाला महत्वपूर्ण हुने अध्यक्ष खड्काले बताए।