मंगलबार, जेष्ठ ८, २०८१

सावित्रीलाई पछुतो कि सन्तोष ?

  
कर्णाली टाइम्स मंगलबार, पुस २२, २०७६

राजनीतिमा लाग्नेहरूका लागि निर्वाचनमा टिकटको महत्व जित्नुसँग मात्र जोडिएको हुँदैन । त्यसमाथि संघीय सांसदको टिकट । सुर्खेतकी सावित्री पौडेलको जीवनमा भने त्यसले कुनै महत्व राखेन । ‘म लामो समय ओझेलमा परेकी मान्छे, एकाएक टिकट पाएको खबर आएपछि थेग्न सकिनँ,’ उनले आफैलाई प्रश्न गर्दै भनिन्, ‘मैले टिकट फिर्ता गरेर कतै गल्ती त गरिनँ !’

५० वर्षीया सावित्रीलाईकांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशको महिलातर्फ टिकट दिने निर्णय गरेको थियो ।
शनिबार साँझ उनले यो खबर सुनेपछि भने टिकट फिर्ता गर्ने निर्णय गरिन् । यसको पछाडि स्वास्थ्य समस्यालाई देखाए पनि भित्री कारण भने कांग्रेसको राजनीतिप्रतिको वितृष्णा हो । ‘राजनीतिमालागेर मैले मेरो जीवनकोमहत्वपूर्ण पाटो गुमाएँ, अहिले हार्ने बेला टिकट भिराइयो,’ तुरुन्त सम्हालिँदै उनले भनिन्, ‘तर मैले चुनाव नलड्नुको प्रमुख कारण स्वास्थ्य समस्या हो ।’

कुनै समय सावित्री राजनीतिको नशामा यति गहिरोसँग डुबेकी थिइन् कि बिहेबारी गरेर घरजम गर्नसमेत बिर्सिइन् । उनको सक्रियता र क्षमताबाट सुर्खेती कांग्रेसका महिलामात्र होइन, पुरुष सहयात्रीसमेत झस्किन्थे । नेपाल विद्यार्थी संघ, महिला संघ र कांग्रेसको महत्वपूर्ण पदमा उनले राम्रै भूमिकासहित काम गरिन् । तर पछिल्लो एक दशक उनी किनारामा परिन् । चाकडी–चाप्लुसी र गुटगत आधारमा क्षमता भएकालाई माथि तान्ने र पुराना नेतालाई पछाडि धकेल्ने प्रवृत्ति उनलाई मन परेन । ‘मैले आफ्नो उमेरमा पार्टीको लागि त निकै गरेकी हुँ, पार्टीले पनि हेर्नुपर्थ्यो,’ उनले थप गुनासो पोखिन्, ‘जित्ने चुनावमा वास्तै गरिएन, हार्ने निश्चित भएको चुनावमा खबरै नगरी टिकट भिडाइयो ।’ अरुलाई अवसर दिन यस्तो निर्णय लिइएको उनले बताइन् ।

साभार : ईकान्तिपुर