मैले यसकारण छाडें कान्तिपुर
मलाई चिन्नुहुने धेरैको मनमा एउटा प्रश्न खेलिरहेको हुनसक्छ– कलेन्द्रले कान्तिपुर किन छाड्यो ? उक्त प्रश्नको जवाफ २०८० कात्तिक २४ गतेको मेरो फेसबुक स्टाटसमा रहेको छ । यद्यपि यसको विस्तृतीकरण र पृष्ठभूमि थाहा पाउने खुल्दुली मेट्नका लागि यो ब्लग लेख्दैछु ।
00 00
१० असोज २०८० । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय परिसरमा थियौं– महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पूर्वकोषाध्यक्ष हेमन्