सोमवार, जेष्ठ १४, २०८१

समाचार

मध्यरात गाउँ पसेको लुटेरा समूहले गर्याे २३ घर र एउटा गुम्बामा लुटपाट, चार जना घाईते

मध्यरात गाउँ पसेको लुटेरा समूहले गर्याे २३ घर र एउटा गुम्बामा लुटपाट, चार जना घाईते

   
सुर्खेत। मुगुको मुगमकार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा पसेका लुटेराको समूहले २३ घर र एक गुम्बामा लुटपाट गरेको छ। शनिबार राति ११ बजेतिर गाउँ पसेको हतियारसहितको लुटेराको समूहले गरेको लुटपाटका क्रममा चार जना घाईते समेत भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार लुटपाट भएको डोल्फु गाउँका ५३ बर्षीय दोर्जे तामाङ, १८ बर्षकी शान्ति टोमा तामाङ, १७ बर्षका पेमा दोर्जे तामाङ र २६ बर्षकी टोमा छाम्ज
स्थापना दिवसका अवसरमा प्रेस युनियनद्वारा फलफूल वितरण

स्थापना दिवसका अवसरमा प्रेस युनियनद्वारा फलफूल वितरण

   
सुर्खेत। नेपाल प्रेस युनियन कर्णाली प्रदेश कार्यसमितिले बिरामीहरुलाई फलफूल वितरण गरेको छ। नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा कर्णाली प्रदेश कार्यसमितिले आईएनएफ सुर्खेतमा रहेका बिरामीहरुलाई आइतबार फलफूल वितरण गरेको हो। कर्णाली प्रदेश समितिका अध्यक्ष नरेशसिंह थापाको अध्यक्षतामा बिरामी र बिरामीका स्याहारकर्तासहित २० जनालाई फलफूल वितरण गरिएको हो। यस्तै नेपाल प्रेस युनियन सुर्खेत शाखा
काँग्रेसले अवरुद्ध गर्यो कर्णाली प्रदेश सभा

काँग्रेसले अवरुद्ध गर्यो कर्णाली प्रदेश सभा

   
सुर्खेत। नेपाली काँग्रेसले कर्णाली प्रदेश सभाको वैठक अवरुद्ध गरेको छ। आइतबार बसेको बजेट अधिवेशनको तेस्रो वैठकमा नेपाली काँग्रेसले अवरोध गरेको हो। वैठकको कार्यसूचीमा प्रवेश गर्नुअघि नै काँग्रेसले अवरोध गरेको हो। नेपाली काँग्रेसले दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको, मन्त्रिपरिषदबाट कार्यान्वयन गर्ने भनेर निर्णय भएका रातो किताबमा प्रकाशित योजना सबै कार्यान्वयनमा नगएको कारण देखाउँदै संसद अवरोध ग
नेपालमा पनि देखियो कोरानोको नयाँ भेरियन्ट ‘केपी–१’ र ‘केपी–२’

नेपालमा पनि देखियो कोरानोको नयाँ भेरियन्ट ‘केपी–१’ र ‘केपी–२’

   
सुर्खेत। नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो। ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी–१ र १७ जनामा केपी–२ पुष्टि भएको हो। यसैगरि एक÷एक जनामा केपी–३ र केपी–४ भेरियन्ट देखिएको छ। यसअघि पनि ओमिक्रोन भेरियन्टको जेए
विनोद शाह कृषि मन्त्रीमा नियुक्त

विनोद शाह कृषि मन्त्रीमा नियुक्त

   
सुर्खेत। नेकपा एमालेका सांसद विनोदकुमार शाह कर्णाली प्रदेशको कृषि मन्त्रीमा नियुक्त भएका छन्। बुधबार उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। बुधबार नै उनले पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि सोही मन्त्रालयमा नियुक्त भएका शाहले आफूसँग समन्वय नगरी एकलौटी मन्त्रीहरु नियुक्त गरेको भन्दै शपथ नै बहिष्कार गरेका थिए। गत वैशाख १८ गते कर्णाली प्
कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३.३९ प्रतिशत पुग्ने

कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३.३९ प्रतिशत पुग्ने

   
सुर्खेत। चालु आर्थिक बर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ दशमलव ३९ प्रतिशतले पुग्ने अनुमान गरिएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष कर्णालीको कुल गार्हस्थ्य उत्पादन झण्डै तेब्बरले बढ्ने अनुमान गरिएको हो। गएको आर्थिक बर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन १.९६ प्रतिशत मात्र थियो। कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार
कपासे नजिक भएको बस दुर्घटनामा मृतकको सनाखत

कपासे नजिक भएको बस दुर्घटनामा मृतकको सनाखत

   
सुर्खेत। सुर्खेतमा भएको बस दुर्घटनामा मृतक दुवै जनाको सनाखत भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कपासे नजिकै भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ बर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० बर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो। सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मि
दैलेखबाट आउँदै गरेको बस कपासे नजिक दुर्घटना, दुई जनाको मृत्यु

दैलेखबाट आउँदै गरेको बस कपासे नजिक दुर्घटना, दुई जनाको मृत्यु

   
सुर्खेत। दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको सुर्खेतको वीरेन्द्रनगर नजिकै सुर्खेत-दैलेख सडक खण्डमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा १६ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईतेको कर्णाली केयर अस्पताल र प
सन्दीप लामिछानेले पाए सफाइ

सन्दीप लामिछानेले पाए सफाइ

   
सुर्खेत। उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए। ‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्
अब राजमार्ग छेउबाट चल्दैछ ‘हङ्गकङ बजार’

अब राजमार्ग छेउबाट चल्दैछ ‘हङ्गकङ बजार’

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा यसअघि सञ्चालनमा रहेको ‘हङ्गकङ बजार’ अब राजमार्ग छेउमा सञ्चालन हुने भएको छ। केही समयअघि वीरेन्द्रनगर–६ स्थित हटीयालाईन आसपासबाट सञ्चालन हुँदै आएको हङ्गकङ बजार अबदेखि मुख्य राजमार्ग जुम्ला रोडमा पुनस्र्थापना हुन लागेको हो। बजाज शो–रुमको आडमा संरचना निर्माण गरी थप सेवासुविधासहित सञ्चालनमा आउन लागेको हो। बजार सञ्चालनका लागि चाहिने संरचना निर्माणको काम सुरु भएको छ।