आइतवार, भदौ २३, २०८१

समाचार

पहिरोले अस्थायी टहरा पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले अस्थायी टहरा पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु

   
सुर्खेत। भूकम्पपछि बनाईएको अस्थायी टहरा पहिरोले पुर्दा जाजरकोटका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका–२ डाँडागाउँमा सोमबार राति खसेको पहिरोले एकै परिवारको तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पहिरोले लालबहादुर परियारको अस्थायी टहरा पुरेको हो। टहरामा बसेका ४२ वर्षीय लालबहादुर उनकी ३५ बर्षीया श्रीमति मनिषा परियार र दुई बर्षीय छोरा शिभम परियारको मृत्यु भएको प
कर्णाली प्रदेश सरकारले तीन दिन स्थापना दिवस मनाउँदै

कर्णाली प्रदेश सरकारले तीन दिन स्थापना दिवस मनाउँदै

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन थालेको छ। साउन २८ गते बसेको मुख्यमन्त्री यामलाल कँडेलेको अध्यक्षतामा बसेको बैठकबाट भदौ ३, ४ र ५ गतेलाई प्रदेश स्थापना तथा प्रदेश स्थापनार्थ सहिद दिवसका रुपमा मनाउने निर्णय गरेको हो। स्थापना दिवसका अवसरमा तीन दिनसम्म प्रदेशस्थित सबै सरकारी, सर्वाजनिक एवम् सामुदायिक संघसंस्थाका कार्यालयहरुको भित्री तथा बाह्य परिसर सरसफाई गर्न,
दशौं राष्ट्रिय खेलकुदका लागि बजेटको कमी हुन दिन्नौंः अर्थमन्त्री शाह

दशौं राष्ट्रिय खेलकुदका लागि बजेटको कमी हुन दिन्नौंः अर्थमन्त्री शाह

   
सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामलिा तथा योजना मन्त्री राजिब विक्रम शाहले प्रदेशमा आयोजना हुन थालेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूवर्क सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्। शनिबार प्रतियोगिताका बारेमा छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शाहले सम्बन्धित मन्त्रालय तथा सरोकारवालाहरुले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए। ‘हाम्रो प्रदेशमा प्रतियोग
दशौं राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्री कँडेलले भने– दिन गनेर बस्नुभन्दा व्यवस्थापनमा लाग्नुहोस

दशौं राष्ट्रिय खेलकुदबारे मुख्यमन्त्री कँडेलले भने– दिन गनेर बस्नुभन्दा व्यवस्थापनमा लाग्नुहोस

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनमा लाग्न निर्देशन दिएका छन्। शनिबार भएको प्रतियोगितासम्बन्धि एक कार्यक्रममा उनले कर्णालीका लागि प्रतियोगिता अवसर भएकाले उचित व्यवस्थापनमा लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्। राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको कर्णाली प्रदेशप्रति आम नागरिक र खेलाडीको भरोसा बढ
पहिरो खस्दा छिन्छु–जाजरकोट सडक अवरुद्ध

पहिरो खस्दा छिन्छु–जाजरकोट सडक अवरुद्ध

   
सुर्खेत। पहिरो खसेपछि छिन्छु–जाजरकोट सडक अवरुद्ध भएको छ। बिहिबार रातिको बर्षाका कारण जाजरकोट सदरमुकामनजिक बोहरा गाउँ नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा बिहानैदेखि मानिसको समेत आवतजावत बन्द भएको थियो। हाल सडक खुलाउने काम भईरहेको प्रहरीले जनाएको छ। उक्त पहिरोले सडक छेउमा गाडिएका पोलहरु बगाउँदा विद्युत सेवा समेत अवरुद्ध भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद प
थप पाँच वटा प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्न कार्यविधि स्वीकृत

थप पाँच वटा प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्न कार्यविधि स्वीकृत

   
सुर्खेत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच वटा प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने भएको छ। यससम्बन्धी मन्त्रालयले कार्यविधि बनाएको छ। मन्त्री प्रदीप पौडेलले बुधबार क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धि कार्यविधि, २०८१ स्वीकृत गरेका हुन्। मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० स्वीकृत गरेका थिए।
इत्राम खोलामा स्कुल बस दुर्घटना, ११ जना घाईते

इत्राम खोलामा स्कुल बस दुर्घटना, ११ जना घाईते

   
सुर्खेत। सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन्। वीरेन्द्रनगरमा रहेको डिभी निकेतन स्कुलको बस विद्यार्थी पु¥याउन जाँदै गर्दा वीरेन्द्रनगर ७ र ८ को बीचमा पर्ने ईत्राम खोलामा दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस ४ बजेर ४० मिनेटमा खोलामा तर्ने क्रममा चिप्लिएर बस खसेको हो। खोलामा गाडी तर्न बनाईएको स्लापबाट बस चिप्लिएको हो। दुर्घटनामा विद्यार्थीसहित ११ जना घाईते
मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

   
सुर्खेत।अकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा कुल सांसदमध्ये ३७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावको पक्षमा २३ जनाले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा १४ जनाले मतदान गरेका छन्। साउन ७ गते नेकपा माओवादी केन्द्र
सामाजिक विकास समितिले सार्वजनिक गर्यो प्रगति विवरण

सामाजिक विकास समितिले सार्वजनिक गर्यो प्रगति विवरण

   
सुर्खेत। कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले हालसम्मको प्रगति सार्वजनिक गरेको छ। समितिका निवर्तमान सभापति तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धिहरु सोमार सार्वजनिक गरेका हुन्। मन्त्री भएर गएपछि भण्डारीले आफूले नेतृत्व गर्दासम्म समितिमार्फत गरिएका कामका बारेमा सार्वजनिक गरेका हुन्। उनका अनुसार समिति गठन भएयता हालसम्म २७ वटा बैठक बसेका छन्। २०८० जे
आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। सोही अनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाल प्रदेसभा सचिवालयले जनाएको छ। साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका