बिहीबार, बैशाख २०, २०८१

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

  
कर्णाली टाइम्स बुधबार, चैत्र २८, २०८०


सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कँडेललाई प्रदेश प्रमुख परियारले मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
यसअघिका माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले चैत २१ गते पदबाट राजीनामा दिएका थिए। पछिल्लो सत्ता समीकरणअनुसार कर्णाली सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि शर्माले राजीनामा दिएका थिए।
उनको राजीनामापछि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेल कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन्। उनी २०७४ देखि निरन्तर कर्णाली प्रदेश सभा सदस्य छन्। कँडेलले बुधबार नै पदभार ग्रहण गर्ने तालिका रहेको छ।