बिहीबार, बैशाख २०, २०८१

वीरेन्द्रनगरमा रहेको ज्वाला ट्रेडर्समा आगलागी

  
कर्णाली टाइम्स आइतवार, बैशाख २, २०८१


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा रहेको ज्वाला ट्रेडर्समा आगलागी भएको छ। वीरेन्द्रनगर–५ खोर्के लाईनमा रहेको ट्रेडर्सको गोदाममा दिउँसो २ बजेतिर आगलागी भएको हो।
बिद्युतको तार हालिएको पाईपबाट आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। आगलागी नियन्त्रणमा सहयोग गर्न लागि नेपाल प्रहरी लगायतका सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद विश्वकर्माले जानकारी दिए।
उनका अनुसार आगलागी नियन्त्रणका लागि दम्कल पनि गएको छ।