मंगलबार, बैशाख १८, २०८१

कर्णाली प्रदेशले चैते दशैंमा सार्वजनिक विदा नदिने

  
कर्णाली टाइम्स सोमवार, बैशाख ३, २०८१

सुर्खेत। कर्णाली प्रदेश सरकारले चैते दशैंको दिन सार्वजनिक विदा नदिने भएको छ। प्रदेशको आन्तरिक मामलिा तथा कानुन मन्त्रालयले आईतबार सार्वजनिक सूचना जारी गर्दै मंगलबार अर्थात् चैते दशैंको दिन प्रदेशभर सार्वजनिक विदा नरहेको जानकारी गराएको छ।
२०८० चैत २९ गते बसेको वैठकबाट उक्त दिन प्रदेशमा सार्वजनिक विदा नदिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
२०८० सालको चैत मसान्तसम्म एक बषएका लागि कर्णाली प्रदेशमा लागु हुने विभिन्न सार्वजनिक विदा राजपत्रमा प्रकाशित गरिएको र उक्त अवधिमा चैत दशैं नपरी २०८१ वैशाखमा परेकोले विदा नदिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ।
‘चैत मसान्तसम्म एक बर्षका लागि प्रदेशमा लागु हुने विभिन्न सार्वजनिक विदाका सम्बन्धमा प्रदेश राजपत्रमा सूचना प्रकाशन गरिएको र सो अवधिमा चैत्र शुक्ल अष्टमी (चैते दशैं) को दिन समेत प्रदेशभर लागु हुनेगरि सार्वजनिक विदा उल्लेख भएको, तर सो अवधिभित्र चैत्र शुक्ल अष्टमी नपरी २०८१ वैशाख ४ गते परेको देखिएकोले उक्त दिन प्रदेशभर सार्वजनिक विदा नरहेको जानकारी गराईन्छ।’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।