बिहीबार, माघ ३, २०८१

पत्रकार शर्माको परिवारलाई महासचिव शिवाकोटीले गरे आर्थिक सहयोग

  
कर्णाली टाइम्स शुक्रबार, फागुन २, २०७६

 सुर्खेत, २ फागुन ।

पत्रकार डिलप्रसाद शर्माकी बहिनी नानकला शर्मालाई सहयो रकम हस्तान्तरण गदै महांसचिव शिवाकोटी

बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकमका प्रधान सम्पादक एवंम् प्रेस युनियनका महांसचिव अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन् । नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले शुक्रवार सुर्खेतमै पुगी पत्रकार शर्माकी बहिनी नानकला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन्।

झ्न्जा साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई कात्तिक २९ गते २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए । बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कार्तिक २८ गते निधन भएको थियो । शर्माको आमा र बहिनी छन् । परिवारको साहाराका रुपमा रहेका एक्लो छोरा गुमेपछि शर्मा परिवारले विभिन्न समस्याहरु भोग्नुपरेको छ ।