शुक्रबार, जेष्ठ ४, २०८१

स्काभेटर जलाएकोमा  निर्माण व्यवसायीको आपत्ती

  
कर्णाली टाइम्स बिहीबार, चैत्र ६, २०७६

सुर्खेत । जाजारकोटको बारेकोट गाउँपालिकामा भएको स्काभेटर आगजनीको घटनाप्रति नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले घोर आपत्ती जनाएको छ । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका पुर्व सचिव प्रमुख दानबहादुर खड्काकाको बा ३ क ४०८६ नम्बरको स्काभेटरमा मंगलबार राती आगजनीे लगाइएको थियो । रेगन निमार्ण सेवाको मृतस जीवनी–रेगन जे.भी टेक्काका स्काभेटर जलेर पुर्णरुपमा नष्ट भएको छ । यस्ता आतङ्कीत कार्य प्रति एकता समाजले घोर भत्र्सना गरेको छ । भौतिक पुर्वाधार निमार्ण कार्यमा खटिदै आएको निर्माण व्यावसायीहरुलाई आतङ्कित पार्ने गरी यन्त्र उपकरणमा आगजनी गर्ने व्यक्तिलाई छानविन गरी दोषीलाई कडा कार्बाही गर्न समाजले आग्रह गरेको छ । आगजनीबाट सम्बन्धीत निर्माण व्यवसायीलाई भएको नोक्सानीको क्षतीपुर्तिको माग निर्माण व्यवसायीले गरेका छन् । साथै अबदेखि यस्ता घटना दोहोरिन नदिन र निर्माण कार्यमा शान्ति सुरक्षा कायम राखि निर्माण कार्यलाई  सहज ढंगबाट अगाडी बढाउन सह जगर्न नेपाल सरकारसंग आग्रह गरेका छन् ।