मंगलबार, माघ २९, २०८१

सुदुरपश्चिमका जिल्लासँग जोडिएका झोलुङ्गे पुल बन्द (फोटोफिचर)

  
कर्णाली टाइम्स आइतवार, चैत्र २३, २०७६

सुर्खेत । कोरोना भित्रिन नदिन सुर्खेतको चौकुने गाउँपालीकाले कैलाली, अछाम, डाटीको सिमानामासँग जोडिएका सबै झोलुंगेपुल, डुङ्गा र फेरीहरू बन्द गराएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित बिरामी भेटिएपछि उक्त जिल्लासँग जोडिएको चौकुने गाउँपालिका सुर्खेतले आइतबार गाउँपालिकाको टाली नै पुगेर बन्द गराएको हो ।
कर्णाली नदी माथिका कैलाली जोडने कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, बोला, पाया झोलुंगे पुल सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै कोलीभरा, मालुमेला, टटालीलगायतका अछाम जोड्ने झोलुंगे पुलमा पनि आवागमनमा पूर्ण रोक लगाइएको छ भने डोटी, अछाम बलाता, तालागाउँ लगायतका झोलुंङ्गेपुल पूर्ण रुपमा बन्द गरिएको चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले जानकारी दिए ।
यस्तै पञ्चपुरी र बराहतालले पनि सिमामा जोडिएका पुलमा आवत जावत बन्द गराएका छन् ।