सुर्खेत । वीरेन्द्रनगर–९ निवास समाजसेवी तथा अधिवक्ता ध्रव कुमार श्रेष्ठ र उनका धर्मपत्नी देवी श्रेष्ठको बैवाहिक बार्षिकोत्सवमा सामाजिक कार्य गरिएको छ । ४३ औं बैवाहिक बार्षिकोत्सवका अवसरमा छोराको एक महिनाको तलव बुधवार दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई सहयोग गरिएको हो ।
२०३४ साल बैशाख २४ गते बैवाहिक वन्धनमा बाधिँएको जोडिले कर्णाली प्रदेशमा कार्यरत हार्डजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ छोरा डा. शुभ श्रेष्ठको एक महिनाको तलब ४३ हजार ६ सय ९७ रुपैयाँ दृष्टिविहिनहरुका लागि प्रदान गरिएको हो । सहयोग रकम दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतका अध्यक्ष तथा सामाजसेवी जीवन कुमार शाक्यलाई हस्तान्तरण गरिएको थियो ।
डा. शुभ श्रेष्ठले असाहयलाई सहयोग गरी समाजप्रतिको आफ्नो पनि दायित्व पुरा गर्न बुवा आमाको बिशेष दिन पारेर यो कार्यक्रम गरेको बताए ।
सहयोग रकम पाएपछि दृष्टिबिहीन हेरबिचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले शुभकामना, धन्यवाद व्यक्त गर्दै आफ्नो संस्थाले प्राप्त गरेको सहयोग दृष्टिबिहीन छात्र-छात्राको शिक्षामा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ र उनीकी धर्मपत्नी स्त्री रोग विशेषज्ञ कृत्रिका थापा श्रेष्ठले यसै महिना परेको आफ्नो तेस्रो बैवाहिक बार्षिकोत्सवको उपलक्ष्यमा वीरेन्द्रनगर–९ को स्वास्थ्य चौकीमा कार्यरत १४ जना कर्मचारीहरुलाई एन ९५ माक्स, सर्जिकल मास्क, ह्याड ग्लोब्स र सेनिटाईजर गरी करिब २० हजारको सामाग्रीहरु सहयोग गरेका थिए ।