शनिबार, कार्तिक १०, २०८१

कर्णालीमा संक्रमित ३ सय ८४ पुगे, दैलेखमा थपिए १ सय ५ जना

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ २२, २०७७

सुर्खेत । कर्णालीमा बिहीबार थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योस“गै संक्रमितको संख्या ३ सय ८४ पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा दैलेखका १ सय ५ जना र मुगुका १ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारसम्म कर्णालीमा २ सय ७८ जनामा संक्रमण पुष्टि भएको थियो ।