बुधबार, फागुन ९, २०८०

सुर्खेतको गुर्भाकोटमा क्वारेन्टिन बसेका एक जनाको मृत्यु

  
जगतदल जनाला विक सोमवार, असार १, २०७७

 

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानी क्वारेनटाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । १३ दिन अघि भारतको गडवालबाट स्वदेश फर्किएका उनको सोमबार बिहान करिब १० बजेतिर मृत्यु भएको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले जानकारी दिए । प्रमुख पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिलेदेखी क्षयरोगका बिरामी थिए । टाउकोमा पहिल्यै १६ वटा टाँका पनि लागेका थिए ।
बिहान आफैले खाना पकाएर खाएपछि एक्कासी छाती दुख्यो भनेर पल्टिएको बेला मृत्यु भएको प्रमुख पुनको भनाई छ । पीसीआर परिक्षणको लागि उनको स्वाब सुर्खेत प्रयोगशालामा पठाइएको नगर प्रमुख पुनले बताए ।