शुक्रबार, बैशाख २१, २०८१

कर्णालीमा १ हजार ९३७ संक्रमित

  
कर्णाली टाइम्स बिहीबार, साउन १५, २०७७

सुर्खेत । बिहिवार कर्णाली प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिकामा रहेको प्रयोगशालमा गरिएको पिसीआर परीक्षणमध्ये २२ जनामा कोरोना पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहिवार थपिएकामध्ये दैलेखका १० जना, सुर्खेत ७ जना, सल्यानका ३ जना, जाजरकोटका १ जना र मुगुका १ जना रहेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिकाका १ जना पुरुष, जाजरकोटको भेरी नगरपालिकाका १ जना पुरुषमा बिहिवार कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सल्यानको कालिमाटी गाउँपालिकाका २ जना पुरुष र वनगाडकुपिण्डे नगरपालिकाका १ जना पुरुषमा कोरोना पुष्टी भएको मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ४ जना पुरुष, पञ्चपुरी नगरपालिकाका २ जना पुरुष, १ जना महिलामा कोरोना पोजेटिभ देखिएको महाशाखाले जनाएको छ ।

दैलेखको आठविस नगरपालिकाका १ जना महिला, १ जना पुरुष, भगवतिमाई गाउँपालिकाका १ जना पुरुष, महाबु गाउँपालिकाका ७ जना पुरुषमा बिहिवार कोरोना पुष्टी भएको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कर्णाली प्रदेशमा योसँगै कोरोना संक्रमण हुनेको संख्या १ हजार ९३७ पुगेको छ । हालसम्म १ हजार ८९७ जना डिस्चार्ज भईसकेको महाशाखाले जनाएको छ । अब २३४ जना विभिन्न आईसोलेशन तथा कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका छन् ।