सोमवार, जेष्ठ १४, २०८१

कर्णालीमा प्राकृतिक विपदबाट क्षति भएका घरपरिवारलाई एक लाख राहत दिइने

  
कर्णाली टाइम्स आइतवार, साउन १८, २०७७

सुर्खेत । कर्णालीमा प्राकृतिक विपत्तिबाट क्षति भएका प्रत्येक घरपरिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ दिने भएकाे छ ।
शनिबार  बसेकाे कर्णाली प्रदेशस्तरी मन्त्रीपरिषद्काे बैठकबाट यस्ताे निर्णय गरिएकाे हाे ।

यस्तै विपदबाट क्षति भएका घरपरिवारलाई तीन महिना पुग्नेगरी खाद्यान्नकाे व्यवस्था गर्ने, जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागी साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने लगायतका निर्णय भएका छन्।