शनिबार, भदौ २९, २०८१

कोरोना जोखिम नघटेकोले २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयका सेवा बन्द हुने

  
कर्णाली टाइम्स बिहीबार, साउन २२, २०७७

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले साउन २५ गतेबाट सेवा प्रवाह बन्द गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम नघटेको भन्दै सेवा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले बताए ।

‘बुधबार बसेको जिल्ला विपद केन्द्रको बैठकले सार्वजनिक स्थानमा भीडभाड नगर्ने निर्णय गरेपनि प्रशासनमा सेवाग्राहीको अत्यधिक भिडका कारण संक्रमण फैलिने सम्भावना भएकोले यस्तो निर्णय गरिएकोहा,’ सुचना अधिकारी लामिछानेले भने, ‘अर्को सुचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गर्न लागिएको हो ।’

२५ गतेदेखि नागरिकता वितरण, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नविकरण र लगायतका सेवा प्रवाह बन्द गरिने सुचना अधिकारी लामिछानेको भनाई छ ।