शनिबार, कार्तिक १०, २०८१

स्थानीय सभाद्धारा अटो चालकलाई मास्क वितरण

  
कर्णाली टाइम्स शनिबार, भदौ २७, २०७७

सुर्खेत । रामघाट स्थानीय सभाले भेरीगंगा नगरपालिका वडा नम्बर ११ र १३ मा रहेका अटो चालकहरुलाई कोरोना भाइरसको बारेमा सचेतिकरण गर्दै मास्क वितरण गरेको छ ।

दुई वटा वडाहरुमा रहेका करिब ५० जना चालकहरुलाई सुन्दर नेपाल संस्था अन्तर्गत पारस्पिरिक जवाफदेहिता परियोजनाद्धारा गठित स्थानीय सभाले उक्त कार्यक्रम गरेको हो ।

कोरोना भाइरसको जोखिम अटो चालकहरुलाई बढी हुने भएकोले सचेतना गर्दै मास्क वितरण गरेको वडा सदस्य रुपी सुनारले बताइन् ।
आफुहरु जोखिममा रहेर पनि यात्रुलाई गन्त्व्यसम्म पुयाइएको बताउँदै चालकहरुको पीसीआर निशुल्क परीक्षण गर्नुपर्ने अटो चालक घनश्याम बिसीले बताए ।