शुक्रबार, जेष्ठ ४, २०८१

प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक सापकोटाको कोरोनाबाट मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, असोज १५, २०७७

सुर्खेत । कारोनाबाट कर्णाली प्रदेश अस्पतालका बरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउ“सो मृत्यु भएको छ । ५९ वर्षीय सापकोटा अनुभवी हाडजोर्नीरोग विशेषज्ञ हुन् ।

उनको दुई सातादेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको थियो । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार सापकोटाको बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो । सापकोटा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका थिए । ‘उहाँलाई सुरुदेखि नै आइसीयूमा अक्सिजन दिएर राखिएको थियो,’ डा. खड्काले भने, ‘तर बचाउन सकिएन ।’ उनले आफूहरु नेपालगन्तर्फ हिँडेको बताए ।