आइतवार, बैशाख २३, २०८१

नन्दा बस्याल राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त

  
कर्णाली टाइम्स शुक्रबार, असोज २३, २०७७

सुर्खेत । चर्चित कलाकारसमेत रहेकी तेक्वान्डोकी राष्ट्रिय खेलाडी नन्दा बस्याल राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएकी छिन् । उनी सुर्खेत निवासी हुन् ।

बस्यालले कर्णाली टाइम्ससँग कुरा गर्दै कर्णाली प्रदेशबाट आफूलाई नियुक्त गर्ने निर्णय भएको जानकारी प्राप्त भएको बताइन् । उनका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले बस्याललाई नियुक्त गरेको हो । बस्यालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुका साथै रेफ्रीको भूमिकासमेत निर्वाह गरेकी छिन् ।