सुर्खेत । प्रहरी जवान संगीतततर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको लोकसेवा आयोगका कार्यालयमा सञ्चालन भएको उक्त परीक्षामा सहभागी भएका ७ जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बुधवार १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका–७ का तिलक विक, सोही ठाउँका दीपेन्द्र विक, गुराँस गाउँपालिका–२ का रामबहादुर कार्की, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का याम पौडेल, दैलेखको चामुण्डाविन्द्रासैन नगरपालिका–५ का रमेश प्रसाद न्यौपाने, सुर्खेतका पञ्चपुरी नगरपालिका–२ का उत्तम विसी, पञ्चपुरी नगरपालिका–१ का रुद्र प्रसाद शर्मा रहेका छन् ।
यस्तै उनीहरुलाई नक्कली परीक्षार्थी बनाएर सहभागी गराउने पञ्चपुरी नगरपालिका–२ का दीपक कँडेललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु ती नक्कली परीक्षार्थीहरुले दैलेखको भगवतीमाई गाउँपालिका–७ का कमल विक, चक्रराज विक, गुराँस गाउँपालिका–२ का रण बहादुर रावल, जाजरकोटको भेरी नगरपालिका–१० का धनबहादुर डाँगी, दैलेखको नारायण नगरपालिका–७ का चन्द्र बहादुर राना, सुर्खेतको पञ्चपुरी–२ का यज्ञ विसी, बर्दीयाको राजापुुर नगगरपालिका–१० का अर्जुन सुनारको ठाउँमा परीक्षा दिन थालेका थिए ।
कर्णाली टाइम्स
बिहीबार, मंसिर २५, २०७७