शुक्रबार, असार २०, २०८२

वैशाख ३ गते कर्णाली प्रदेश सभाको सातौं अधिवेशन आह्वान

  
कर्णाली टाइम्स मंगलबार, चैत्र ३१, २०७७


कर्णाली प्रदेश सभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गरिएको छ । आईतबार मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार सोमबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले अधिवेशन आह्वान गरेका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले संसद आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
यसअघि कात्तिक ९ गते प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको थियो। ७ महिनापछि सातौं अधिवेशन बस्न लागेको छ ।
वैशाख ३ गते दिउँसो २ बजे पहिलो बैठक बस्नेछ। कर्णालीको सातौं अधिवेशनको पहिलो बैठकले धेरैको ध्यान केन्द्रित गर्ने देखिएको छ।
नेकपा विवादपछि अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उक्त बैठकबाट राजीनामा दिन्छन् वा विश्वासको मत प्राप्त गर्छन् भन्ने बारेमा धेरैको ध्यान केन्द्रित छ।
मुख्यमन्त्री शाहीले भने विश्वासको मत लिने कसरत गर्ने देखिएको छ। मुख्यमन्त्रीको निजी सचिवालयले भने शाहीले विश्वासको मत लिने जनाएको छ ।