बुधबार, माघ २, २०८१

कोरोनाबाट मृतकको शव व्यवस्थापन गर्न चाहिने सामान कर्णाली प्रदेश अस्पतालले नै किनिदिने

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ ३, २०७८
फाईल तस्विर

सुर्खेत । कर्णाली प्रदेश अस्पालले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्नका लागि आफन्तले किन्नुपर्ने सामग्रीहरु आफैंले किनिदिने भएको छ । शव व्यवस्थापन गर्न आफन्तले शोकका बीच पनि झन्झट् व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेश अस्पताल आफैँले सामग्रीको व्यवस्थापन गरिदिने निर्णय गरेको हो ।

मंगलबारदेखि यो निर्णय लागु हुने अस्पताल प्रशासनले जनाएको छ । शव व्यवस्थापनका लागि चाहिने मट्टितेल, कैची, डोरी, प्लाष्टिक लगायतका सामग्रीहरु मंगलबारदेखि अस्पताल व्यवस्थापनले नै निशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरिएको अस्पताल प्रमुख डा. डम्मर खड्काले जानकारी दिए ।

आफ्ना प्रियजनको मृत्यु हुँदा दुखमा रहेका आफन्तजनको निषेधाज्ञाको समयमा बजारमा गएर यी सामग्रीहरुको जोहो गर्नु चुनौतिपूर्ण भएकाले अस्पताल व्यवस्थापनले नै सामान व्यवस्था गरिदिने निर्णय गरिएको उनले जानकारी दिए ।

नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा आफन्तलाई नै ती सामग्रीहरु किन्न लगाईन्थ्यो ।