सुर्खेत । नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी भएको कुटपीटको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले माग गरेको छ । अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलले संयुक्त रुपमा विज्ञप्ती जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
विश्वव्यापी बनेको महामारीमा ज्यानको बाजी लगाएर सेवा प्रवाह गरिरहेकाक स्वास्थ्यकर्मीमाथी कुटपीट गर्नु निन्दनीय भएकोले अमानवीय तत्वहरुले कानुनी राज्यको धज्जी उडाउँदै गरेको आक्रमणप्रति संघले दुख व्यक्त गरेको छ ।
दोषीलाई कानुन अनुसार मद्दा चलाएर सजाय गर्न संघले माग गरेको छ ।
बिहिवार राती ८ बजे बिराामीको मृत्यु भएपछि भेरी अस्पतालका चिकित्सक र नर्सिङ स्टाफहरुमाथी आफन्तले कुटपीट गरेका थिए । उनीहरुले आईसीयु कक्षमै गएर स्वास्थ्कर्मीमाथी कुटपीट र अस्पताल तोडफोड समेत गरेका थिए ।
घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तुलसीपुर उपमहानगरपालिका–११ का मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको छ ।
कर्णाली टाइम्स
शुक्रबार, जेष्ठ १४, २०७८