बुधबार, कार्तिक १२, २०८२

कर्णालीका चार एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

  
कर्णाली टाइम्स सोमवार, साउन १८, २०७८

सुर्खेत। कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार सांसदलाई एमालेले गरेको कारबाही सदर हुने गरी सर्वोच्चले आदेश दिएको हो।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो।
सर्वोच्चको फेसलासँगै एमालेका कर्णाली प्रदेश सभासदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पद गएको छ। चारजनामध्ये ज्वालाबाहेक अरु प्रदेश सरकारमा मन्त्री छन्।