कर्णाली टाइम्स
मंगलबार, साउन १९, २०७८

सुर्खेत। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।
‘२०१५ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन्।
