बुधबार, पुस ९, २०८२

५ किलो यार्सागुम्बासहित एकजना पक्राउ

  
कर्णाली टाइम्स शुक्रबार, साउन २९, २०७८


सुर्खेत। हुम्लामा पाँच किलो यार्सागुम्बासहित एकजना पक्राउ परेका छन् । शुक्रबार बिहान सिमकोट विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित पक्राउ गरेको हो ।
नाम्खा गाउँपालिका–१ हेप्काका ३१ बर्षका नुर्बु तामाङ यार्सासहित पक्राउ परेका हुन् । विमानस्थलमा आएका उनले ल्याएको पोका संकास्पद देखिएपछि चेकजाँच गर्नेक्रममा उनीबाट ५ किलो ३०० ग्राम यार्चासमेत बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।