बुधबार, पुस ९, २०८२

कर्णालीकी प्रमिशा मिस नेपाल एसईईको सेकेन्ड रनरअप

  
कर्णाली टाइम्स शनिबार, साउन ३०, २०७८
मिस नेपाल एसईई २०२० कि सेकेन्ड रनर अप सुबिका पौडेल प्रमिशा सेजुवाललाई सेकेन्ड रनर अपको ताज पहिरिदै ।

सुर्खेत । मिस नेपाल एसईई-२०२१ मा कर्णालीबाट एकमात्र प्रतिस्पर्धी रहेकी प्रमिशा सेजुवाल सेकेन्ड रनर अप भएकी छिन् । अभ्यानी प्रोडक्सनद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनले सो उपाधी जितेकी हुन् ।
प्रतियोगितामा काठमाडौंकि निकिता खड्का विजेता र काठमाडौंकि प्रिया गौतम फर्स्ट रनर अप भइन । आयोजक अभ्यानी प्रोडक्सनका सुईओ अभिविन खनियाका अनुसार अनलाइन माध्यमबाट लिइएको अडिसनमा सहभागी देशभरका करिब ५ सय विद्यार्थीमध्येबाट २२ प्रतियोगी छ्नोट भएका थिए । प्रतियोगिताको लागि छनोट भएकालाई ३ साता लामो तालिमपश्चात शनिबार ग्रान्ड फिनाले गरिएको हो ।
कार्यक्रममा सेजुवालले भविष्यमा कानून विषय अध्ययन गरेर सामाजिक न्यायको लागि योगदान दिने उद्देश्य सुनाएकी थिइन् । सेजुवालले यश वर्षको एसईईमा सुर्खेतको चिल्ड्रेन प्याराडाइज माध्यमिक विद्यालयबाट ३.९ जिपिए ल्याएर उत्तीर्ण गरेकी हुन् ।