कर्णाली टाइम्स
बुधबार, कार्तिक ३, २०७८

सुर्खेत । पहिरोले घर भत्किँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गएराति ९ बजेतिर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा आएको पहिरोले स्थानीय धनविरे शाहीको घर भत्किएको हो ।
घर भत्किँदा ७० बर्षीय धनविरे शाही, उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाहीको मृत्यु भएको छ ।
कलबहादुरका तीनजना छोराहरु १३ बर्षका अलिन्द्र शाही, ५ बर्षका हुमेश र ३ बर्षका जसबहादुरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृतकमध्ये चारजनाको शव निकालिएको छ भने दुईजनाको निकाल्ने काम भईरहेको छ ।
