सोमवार, पुस १४, २०८२

कट्कुवा सामुदायिक बनमा बम पड्किँदा घाँस काट्न गएका दुईजना घाईते

  
कर्णाली टाइम्स शनिबार, कार्तिक ६, २०७८


सुर्खेत । सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पट्किँदा दुईजना घाईते भएका छन् । वीरेन्द्रनगर छेउको कटकुवा सामुदायिक वनमा शनिबार दिउँसो घाँस काट्न गएका दुई भाईबहिनी घाईते भएका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका–६ का २१ बर्षीया लिला नेपाली र उनका १४ बर्षीय भाई नरेश परियार घाईते भएका हुन् ।
उनीहरु हाल सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भईरहेको छ । बम पूरानो भएको र बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।