शनिबार, पुस १२, २०८२

बादी समुदायका बालावालिकालाई खाद्यान्न र कपडा सहयोग

  
कर्णाली टाइम्स बुधबार, कार्तिक १०, २०७८


सुर्खेत । नेतपाल तरुण दल सुर्खेतले बादी समुदायका बालवालिकाहरुलाई खाद्यान्न र कपडा सहयोग गरेको छ । तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा सुर्खेत जिल्ला कार्य समितिले बालवालिकालाई सहयोग गरेको हो ।
बादी समुदाय सरोकार मञ्च नेपालले संरक्षण गरी राखेका १२० बालवालिकाका लागि १० २५० किलोग्राम चामल र पाँचवटा न्यानो कम्बल वितरण गरिएको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए ।
बादी समुदाय सरोकार मञ्चका हिक्मत बादीलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो । सहयोग सामग्री ग्रहण गर्दै उनले तरुण दलले बादी समुदायलाई विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद ज्ञापन गरे ।
सहयोग प्रदान गर्ने कार्यक्रममा तरुण दल सुर्खेतका अध्यक्ष विष्टले राज्यले हेर्नुपर्ने पिछडिएका समुदायप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड् दिए ।