
सुर्खेत। नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत बबईमा हाईस र फोर्स गाडी ठोक्किँदा पाँचजना घाईते भएका छन्।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख ४०३३ नम्बरको हाईस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश २००१ ख ०२३२ नम्बरको फोर्स बिहिवार दिउँसो एक आपसमा ठोक्किएका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ का ५९ बर्षीय गंगाराम शाही, हेटौंडा घर भई सुर्खेत बस्दै आएको ३९ बर्षीय हरि सापकोटा, नेपालगञ्ज उपमहानगरपालिका–४ का २८ बर्षीय राजु श्रेष्ठ, कञ्चनपुरका ४८ बर्षीय विश्वध्वाज भट्ट र दैलेखको गुराँस गाउँपालिका–३ का ७० बर्षीय गौतमी वली घाईते भएका छन्।
घाईतेमध्ये वलीको अवस्था मध्यम छ भने अरु सामान्य रहेको प्रहरीले जनाएको छ।
हाईस चालक फरार छन् भने फोर्सका चालक सुर्खेतको बराहताल गाउँपालिका–२ का ३९ बर्षीय गगनसिंह थापालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
कर्णाली टाइम्स
सोमवार, कार्तिक २२, २०७८
