कर्णाली टाइम्स
मंगलबार, कार्तिक २३, २०७८

सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिका-१ ढापखर्कमा एकजना बालिकाको शव फेला परेको छ। साेही ठाउँका गगनबहादुर सुनारकी सात बर्षीय छोरीको शव सोमबार बिहान ११ बजे फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घरदेखि करिब ५ सय मिटर टाढा बालिकाको शव फेला परेको हो। शवलाई पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।
उनका अनुसार उनको हत्या भएको आशंका गरिएको छ। यद्यपि घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीसहितको अनुसन्धान टोली घटना स्थलमा गएर थप बुझिरहेको उनले बताए।
