कर्णाली टाइम्स
शुक्रबार, कार्तिक २६, २०७८

सुर्खेत। नेपाल तरूण दल सुर्खेतका अध्यक्ष हरि विष्टले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
बिरामीलाई अक्सिजन दिँदा प्रयोग गरिने १ हजार थान ‘वाई कनेक्टर’ र १५ थान अक्सिमाईजर सहयोग गरिएको हो।
सम्भावित तेस्रो चरणको कोभिड महामारीलाई मध्यनजर गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अध्यक्ष विष्टले बताए।
