आइतवार, मंसिर ७, २०८२

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ

  
कर्णाली टाइम्स आइतवार, कार्तिक २८, २०७८

सुर्खेत। कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त  ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन्। शुक्रबार सिफारिस भएका मुख्य न्यायाधिवक्ता श्रेष्ठले आइतबार पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनलाई आइतबार नै मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटीले पद तथा गोपनीयताको सपथ गराएका हुन्।

सुर्खेत वीरेन्द्रनगर–९ का श्रेष्ठ २०४८ सालदेखि अधिवक्ताको रुपमा काम गर्दै छन्। उनले कानून र राजनीति शास्त्र शंकायमा स्नातकोत्तर गरेका छन्।