मंगलबार, असार १७, २०८२

काँग्रेस अधिवेशन: सुर्खेतका नौवटा पालिकामध्ये ८ वटामा देउवा समूह हाबी

  
कर्णाली टाइम्स शुक्रबार, मंसिर ३, २०७८


सुर्खेत। नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत सुर्खेतका नौवटा पालिकामध्ये ८ वटामा संस्थापन (देउवा समूह) पक्षको नेतृत्व चयन भएको छ। बुधबारदेखि सुरु भएको पालिका अधिवेशनको शुक्रबार बिहानसम्म सबै पालिकाको नतिजा आएको हो।
वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा देउवा समूहबाट नेतृत्व चयन भएको छ।
चौकुने गाउँपालिकामा पौडेल समूहबाट नेतृत्व चयन भएको छ।
वीरेन्द्रनगरको सभापतिमा उपेन्द्र खड्का, भेरीगंगाको सभापतिमा रामबहादुर सिंह, गुर्भाकोटको सभापतिमा हस्त पुन, लेकवेशीको सभापतिमा उमेश पौडेल, सिम्ताको सभापतिमा वीरेन्द्र रावत, चिङ्गाडको सभापतिमा डोरप्रसाद पौडेल, बराहतालको सभापतिमा भीम भण्डारी र पञ्चपुरीको सभापतिमा कृपाराम थापा निर्वाचित भएका छन्।
उनीहरु सबै देउवा समूहबाट निर्वाचित भएका हुन्।
चौकुने गाउँपालिकाको सभापतिमा पौडेल समूहबाट नरबहादुर बान्तोला चयन भएको निर्वाचन समितिले जनाएको छ।