मंगलबार, असार १७, २०८२

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस कुदुनजिक दुर्घटना, पाँच जनाको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, मंसिर १२, २०७८


सुर्खेत। नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटनामा परेको छ। शनिबार राती नेपालगञ्जबाट छुटेको खान ६ ख २७५७ नम्बरको बस जाजरकोट सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता सडकबाट खसेको हो।
दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिकाकी दिव्या शाही, नलगाड नगरपालिका–१० का शेरबहादुर परियार र सप्तरीका ४० बर्षीया गंगाराम यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक दुईजनाको सनाखत हुन सकेको छैन।
दुर्घटनामा परि अरु २५ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर छ भने अरुको अवस्था मध्यम छ।
दुर्घटनामा परि घाईते भएकाहरुमा नेपालगञ्जका २५ बर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्ब प्रसाद पुन रहेका छन् ।
जाजरोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार रहेका छन् भने रुकुमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही छन् ।
जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, कोहलपुरका शेरबहादुर खत्री, रुकुमाको चौरजहारी नगरपालिकाका रमेश विष्ट, सप्तरीका हिरनजित यादव उक्त दुर्घटनामा घाईते भएका छन् ।
दुर्घटनामा घाईतेहरु रेम्बो पुन र आस्या वली ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।