कर्णाली टाइम्स
आइतवार, मंसिर १२, २०७८
सुर्खेत। नेपाली काँग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध चयन भएका छन्। उम्मेदवारी दिन तोकिएको समयभित्र उनको एकल उम्मेदवारी परेपछि निर्विरोध सभापति चयन भएका हुन्।
संस्थापनइतर समूहबाट भने महाधिवेशन प्रतिनिधि नै थिएनन्। संस्थापन पक्षबाट सभापतिका आकांक्षी धेरै भएपनि मिलाएर पोखरेललाई सभापति बनाईएको हो।
सभापति भन्दा तलका पदाधिकारी तथा सदस्यहरुको लागि भने आज मतदान भईरहेको छ। सुर्खेत जिल्ला कार्यसमितिमा पालिकाबाट आउने सदस्यहरुमध्ये गुर्भाकोट नगरपालिकाबाट महिला सदस्यमा धनकला डाँगी, प्रत्यक्षतर्फका सदस्यहरुमा टेकबहादुर खत्री र तेजबहादुर खत्री पनि निर्विरोध चयन भएका छन्।