मंगलबार, असार १७, २०८२

कर्णालीका मुख्यमन्त्रीले अब भोलि विश्वासको मत लिने

  
कर्णाली टाइम्स मंगलबार, मंसिर १४, २०७८


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्रीले अब भोलि मात्र विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज तोकिएको प्रदेश सभापको वैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदमा उपस्थिति नभएपछि आजको वैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको हो। भोलि १ बजेका लागि वैठक तोकिएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलसहितका सांसदहरु एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा भएकाले आजको प्रदेश सभा वैठकमा सहभागी नभएका हुन्।
भोलीको वैठकमा एमालेलाई उपस्थित हुन आग्रह गरिएको काँग्रेस प्रदेश सभा दलका सचेतक हिमबहादुर शाहीले बताए।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिईसक्नुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले भोली मत लिनैपर्छ । कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको भोली ३० दिन पुग्दै छ ।