मंगलबार, असार १७, २०८२

विन्दमान विष्ट कर्णाली प्रदेशको अर्थमन्त्रीमा नियुक्त

  
कर्णाली टाइम्स मंगलबार, मंसिर १४, २०७८


सुर्खेत। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त भएका छन्। मंगलबार बेलुका मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई यो मन्त्रालयमा नियुक्त गरेका हुन्।
यसअघि समाजवादीबाट आफ्नो मन्त्रिपरिषदमा पहिलोपटक कृषिमन्त्री नियुक्त गरेका मुख्यमन्त्री शाहीले आज माओवादीबाट अर्का मन्त्री नियुक्त गरेका हुन्।
विष्टले आजै बेलुका साढे ७ बजे पद तथा गोपनीयताको सपथग्रहण गर्नेछन्। प्रदेश प्रमुख तिलक परियारले सपथग्रहण गराउने तालिका तय भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
विष्ट सुर्खेतका निर्वाचन क्षेत्र २ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्छन्। उनी यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा नियुक्त गर्ने मन्त्रीको सूचीमा परेर फिर्ता भएका हुन्।