कर्णाली टाइम्स
बुधबार, मंसिर १५, २०७८

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले जिम्मेवारी पाएकी छन् । मंगलबारको दलको वैठकले उनलाई सचेतकको जिम्मेवारी दिएको हो ।
तीन सदस्यीय नेकपा (एस) को संसदीय दलका नेता चन्द्रबहादुर शाही छन् । उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पनि हुन् ।
नेकपा (एस) कर्णाली प्रदेश सभा दलमा शाही, ओली र अर्का सांसद् पदमबहादुर रोकाया छन् ।
