शनिबार, पुस ५, २०८२

नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित

  
कर्णाली टाइम्स आइतवार, मंसिर १९, २०७८


सुर्खेत। नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्। प्रदेशको पहिलो महाधिवेशनबाट जुम्लाका शाही पहिलो सभापति बनेका हुन्।
शनिवार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर निर्वाचित भएका हुन्। संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन् भने निधी समूहबाट सभापतिमा उम्मेदवारी दिएका मोतीराज बमले ७ मत ल्याए।
मतदानमा जम्मा ७५४ मत खसेको थियो। राती सभापतिको मत गणना भएको हो। अरु पदाधिकारी तथा सदस्यको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ।
सभापतिमा निर्वाचित शाही जुम्लाका हुन्। उनी २०७० सालमा संविधान सभामा प्रत्यक्ष निर्वाचित सदस्य थिए।
सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन्।