कर्णाली टाइम्स
आइतवार, मंसिर १९, २०७८

सुर्खेत। नेपाली काँग्रेसको कर्णाली प्रदेश समितिको पदाधिकारीमा पनि सभापति ललितजंग शाहीको प्यानल नै निर्वाचित भएको छ।
प्रदेश कार्य समितिको उपसभापतिमा काली बहादुर सहकारी र सनतकुमार कार्की निर्वाचित भएका छन्। सहकारीले ४५७ मत ल्याएका छन् भने कार्कीले ४४३ मत ल्याएका छन्।
महामन्त्रीमा मतसहित कृष्णबहादुर रोकाया ४२३ मत ल्याएर निर्वाचित भएका छन् भने ४२५ मत ल्याएर निरञ्जन केसी निर्वाचित भएका छन्।
सह–महामन्त्रीमा खुलाबाट उपेन्द्र थापा र एकराज डाँगी निर्वाचित भएकाक छन्। थापाले ४३० र डाँगीले ४५९ मत ल्याएका छन्।
महिला कोटाबाट रामछायाँ कुमारी शाही सह–महामन्त्रीमा निर्वाचित भएकी छन्। खुलाबाट सह– महामन्त्रीमा निर्वाचित थापा सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर हुन् भने महिला कोटाबाट निर्वाचित शाही जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष हुन्।
