बिहीबार, पुस १०, २०८२

सभापतिमा पराजित भएपनि कर्णालीमा काँग्रेसलाई सुदृढ बनाउने सपना कायमै छ: शाही

  
कर्णाली टाइम्स बुधबार, मंसिर २२, २०७८


सुर्खेत। नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आफू कर्णाली प्रदेशको सभापतिमा पराजित भएपनि कर्णालीमा काँग्रेसलाई सुदृढ बनाउने सपना कायमै राखेको बताएका छन्।
नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा निर्वाचित भएका आफ्ना प्रतिद्वन्द्वी ललितजंग शाहीलगायतका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै उनले आफ्नो सपना सभापति बन्ने मात्र नभई काँग्रेसलाई सुदृढ गराउने भएकाले आफ्नो अठोट कायम रहने बताएका हुन्।
‘नेपाली काँग्रेसको संघीय संरचना पछिको प्रथम प्रदेश अधिवेशन सकिएको छ, एक जीवन्त पार्टीमा नेतृत्व छनोट गर्नका लागि लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचन प्रक्रियामा जानु विधि सम्वत् हो,’ उनले विज्ञप्ती निकालेर भनेका छन्, ‘मैंले सुदृढ काँग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापतिका लागि निर्वाचनमा भाग लिएको थिएँ, सभापति बाहेकको अठोट कायमै छ।’
गुट बलियो नभई सिंगो काँग्रेसलाई बलियो बनाउने आफ्नो चाहना भएकोले यसका लागि निर्वाचित कार्यसमितिसँगै आफू पनि सक्रीय भएर लाग्ने प्रतिबद्धता उनले जनाएका छन्।
प्रदेशको अधिवेशनबाट संस्थापनइतर समूहबाट सभापतिका लागि चुनाव लडेका उनी देउवा समूहका ललितजंग शाहीसँग पराजित भएका थिए। कर्णाली प्रदेशको कार्यसमितिमा संस्थापन समूहको प्यानल नै निर्वाचित भएका थियो।